एमाले संसदीय दलको वैठकमा नेपाल खनाल पक्षका सांसदहरु पनि उपस्थित हुने

Telecom

काठमाडौं । नेकपा एमालेको संसदीय दलको आज बस्ने बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु पनि उपस्थित हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ३ बजे बेठक बोलाएका छन्।
बैठकमा नेपाल खनाल पक्षका सांसदहरु पनिउपस्थित हुने भनिए पनि कति जना सांसदहरु उपस्थित हुने हुन त्यो चाही बाहिर आएको छैन ।

वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहले आज बिहान ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसअघि बालुवाटारमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक नेपाल–खनाल पक्षले बहिष्कार गरेको थियो।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रका योजनाहरु पेश गर्न निर्देशन दिने बताइएको छ। यसबाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुने प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्।

फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिँदै एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो। त्यसपछि एमाले अध्यक्ष ओलीको विभिन्न गतिविधि र निर्णयप्रति असहमति जनाउदै खनाल–नेपाल पक्षले पनि समानान्तर गतिविधि गर्दै आएको छ।

 

adb bank long