nepal telicom

नेकपा एमालेको छुट्टा छुट्टै वैठक

काठमाडौ । सत्तारूढ एमालेको दुई समूहले छुट्टाछुट्टै बैठक बोलाएका छन् । शुक्रबार माधव नेपाल–झलनाथ खनाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेपाल–खनाल समूहले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ ।

त्यस्तै अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन ।

 

adb bank long