थरुहटलाई वार्तामा आउन गृहमन्त्री बादलको आग्रह

Telecom

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत थारू कल्याणकारिणी सभाअन्तर्गतको थरुहटरथारुवान संयुक्त संघर्ष समितिलाई वार्ताका लागि टोली गठन गर्न आग्रह गरेका छन्। मन्त्री थापाले आज थरुहट संघर्ष समितिको आन्दोलनमा गएर यस्तो आग्रह गरेका हुन ।

वार्तका लागि सरकारले पनि वार्ता टोली गठन गर्ने पनि मन्त्री थापाले बताए। माइतीघर पुगेर मन्त्री थापाले समितिको मागप्रति सरकार गम्भीर रहेको भन्दै उठाएका मागहरूको सम्बोधनका लागि वार्ता र संवाद गर्न आवश्यक रहेको बताए।

उता समितिले भने सांसद रेशमलाल चौधरीलगायतलाई रिहा गर्न माग गरेको छ।

 

adb bank long