कास्की । पोखरामा अत्यावश्यक बाहेकका भेला र जमघटमा प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमणको जोखिम बढेकाले यस्तो नियम बसालेको हो।
प्रदेशको ११ जिल्लामध्ये कास्कीमा संक्रमण तीव्र बढेको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका भेला तथा जमघटमा रोक लगाएको जनाएको छआज ।
आज बिहिबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिइएको छ ।दप्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बसेको कास्कीको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले गृह मन्त्रालयको परिपत्रअनुरुप निर्णय गरेको बताइएको छ । होलीलाई मध्यनजर गर्दै प्रशासनले मास्कको प्रयोग अनिवार्य तथा उचित सामाजिक दूरी राख्न पनि आग्रह गरेको छ ।
होटल, रेष्टुरेन्ट, सरकारी तथा गैरसरकारी कार्यालयहरु, शैक्षिक संस्था, व्यवसायिक फर्म एवम् बैंक तथा वित्तिय संस्थाहरुमा स्यानिटाइजर, मास्क, सामाजिक दुरी लगायतको मापदण्ड पूर्ण पालन गर्न गराउन अनुरोध गरेको छ ।