माधव नेपालको स्पष्टीकरण बालुवाटारमा, थप कारबाहीको संभावना

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले लेखेको स्पष्टीकरणपत्र अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलको हातमा पुगेको छ ।

नेता नेपालले स्वकीय सचिवमार्फत केन्द्रीय कार्यालयमा स्पष्टीकरण बुझाएको हो । स्पष्टीकरण जवाफ चित्त बुझ्दो नभएको र उल्टै प्रचण्डको मतियारका रुपमा आफ्नो पार्टी र अध्यक्षमाथि आक्षेप लगाइए देखिएको ओली निकट स्रोतको प्रतिक्रिया रहेको छ ।

माधव नेपालको स्पष्टीकरणमा कुनै पनि गल्ती र पश्चाताप नदेखिएको र प्रचण्डको १९ पन्ने अभियोगपत्रकै शैलीमा जवाफ दिएको भन्दै एमालेले थप कारबाही अघि बढाउने सम्भवाना र देखिएको छ । स्पष्टिकरण अध्ययन गरेपछि विधानबमोजिम थप कारबाही प्रक्रिया अघि बढ्ने वा नबढ्ने पार्टीले निर्णय गर्ने बालुवाटारमै रहेका एक नेताले बताए ।

adb bank long