कोरोना कहरको एक वर्ष , कोरोना त्रास उस्तै, होला त लकडाउन ?

काठमाडौ । कोभिड १९ अर्थात कोरोना महामारीका कारण नेपालमा लकडाउन गरेको आज एक वर्ष पूरा भएको छ । गत वर्ष आजैको दिन नेपालमा पहिलो लकडाउन लागू भएको थियो । लकडाउन जारी भएपछि नेपाली जनजीवन अत्यन्तै कष्टकर भएको थियो ।

छिमेकी देश चीनको वुहान राज्यबाट शुरु भएको कोरोनाले विश्वव्यापी रुपमा महामारी फैलाएको थियो । जसका कारण लाखौ मानिसले अकालमा ज्यान गुमाएको थियो ।

गत वर्ष लकडाउन शुरु गरेको अवस्थामा नेपालमा धेरै जनताहरुले समस्या भोगेका थिए । कयौ मानिसहरु यो रोगको शिकार भए भने कयौले ज्यानै लियो ।

कोरोनाको लहर कम होला भन्दा अहिले विभिन्न देशमा झन बढ्दो मात्रामा रहेको देखिन्छ । त्यो कयौ देशले फेरी लकडाउनको अवधारणा बनाईसकेका छन् भने नेपालमा पनि होला कि भन्ने आशंका पैदा गराएको छ । नेपालमा पनि कोरोनाको संक्रमण फेरी बढ्दैछ ।
कोरोविरुद्धको खोप लगाएकाहरुमा पनि फेरी संक्रमण देखिएको छ ।

यसले नेपाली जनमानसमा अर्को त्रास पैदा गराएको छ । त्यससँगै भारतसँगको खुला सीमा नाकाका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम बढेको विज्ञहरु बताउँछन्।

भारतमा संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपालीहरु घर फर्किने क्रम बढेको छ। फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने देखिन्छ। उनीहरुको नाकामा नै स्वास्थ्य परीक्षण नगरिए जोखिम झन् बढ्दै जाने छ। सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानी बढाएको छ।

भारतमा संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ।

लकडाउन भएको एक वर्ष पूरा भएको दिन आज सरकारले यसको समीक्षा गर्दैछ। यस विषयमा छलफल गर्न दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दैछ।

बैठकमा कोरोना संक्रमण र न्यूनीकरणको हालसम्मको अवस्था र फेरि बढ्न लागेको कोरोना संक्रमण जोखिममा अपनाउनुपर्ने सुरक्षा उपायबारे छलफल हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। तर नेपालमा फेरी लकडाउन हुने संभावना कम रहेको पनि डा. गोतमले बताएका छन् । उनले अम मानिसहरुलाई सुरक्षाका सम्पूर्ण प्रविधि अपनाउन आग्रह समेत गरेका छन् ।

adb bank long