नयाँ प्रजातिको ‘माछापुच्छे चाँचर’चरा फेला पर्यो

चितवन । जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘माछापुच्छे  चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो ।

चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिचेका थिए । रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजङ्गा संरक्षण क्षेत्रमा भेटिने ‘माछापुच्छे  चाँचर’ चितवनमा पनि देखिएको बर्ड एशोसिएशन सोसाइटी सौराहा चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिए ।

एक हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा पाइने यो चरा अहिलेसम्म चितवनमा देखिएको थिएन ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो चरा आगन्तुकका रूपमा दर्ता भएको छ । तर,

यो चरासहित अब चितवनमा ६५७ प्रजातिका चरा पाइन्छन् । ‘माछापुच्छे चाँचर’ चरा भुटान, चीन, लावस म्यानमार, थाइल्याण्ड, भितयतनामा पाइने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा चरा हेर्नका लागि पनि धेरै पर्यटक आउने गर्छन् । विभिन्न देशबाट लामो दूरी तय गर्दै चरा जाडो छल्नका लागि यहाँ आउने गर्छन् ।

adb bank long