आदिवासी जनजाति साहित्यकाररलेखक महासंघमा मुकारुङ

Telecom

काठमाडौ । आदिवासी जनजाति साहित्यकाररलेखक महासंघको अध्यक्षमा राजन मुकारुङ चयन भएका छन् । मदन पुरस्कार विजेता उपन्यास दमिनीभीरका लेखक मुकारुङलाई महासंघको राष्ट्रिय भेलाले अध्यक्षमा चयन गरेको हो ।
महासंघको राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा टङ्क सेलिङ, उपाध्यक्षमा रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिङजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवारलाई चयन गरेको छ ।

त्यस्तै महासचिवमा बुद्ध योञ्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन्। महासंघको कोषाध्यक्षमा उर्मिला गम्वा थारू र सह–कोषाध्यक्षमा जितेन पन्धाक निर्विरोध निर्वाचित भएका छन्।

महासंघको केन्द्रीय कार्यसमिति सदस्यहरूमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बी। लामा, डा। चित्र माबो, रोशन गुरुङ, रामलाल उराँव, कविराज तामाङ, गणेश कुमाल, चोमु शेर्पा खुसी, नेपोलियन चेपाङ, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ राई, शर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल छन्।

महासंघको प्राज्ञिक परिषद् समेत गठन भएको छ। परिषद्‌मा कैलाश राई, मुनाराज शेर्मा, विष्णुकुमार सिङजाली, सञ्चु ब्लोन, गुरुङ सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्ण सर्वहारी र डा. तारालाल श्रेष्ठ छन्।

महासंघको केन्द्रीय तदर्थ समितिले ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ राष्ट्रिय भेला आयोजना गरेको थियो। भेलामा डा. तारालाल श्रेष्ठले ‘आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता’ र डा. अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्था सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए।

महासंघका नवनिर्वाचित अध्यक्ष मुकारुङले नेपालका आदिवासी जनजातिको आन्दोलनलाई राज्यसत्ताको मनोविज्ञानबाट भ्रष्टीकरण गरिएको र यसमा आदिवासी जनजातिभित्रै पनि भ्रष्टीकरण हाबी भएकाले यी दुवै प्रवृत्तिहरूविरुद्ध एकसाथ लड्नुपर्ने बताए।

भेलाले सात बुँदे घोषणापत्र पनि जारी गरेको छ। जसमा आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरू समेटिएका छन्।

 

adb bank long