काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सकी मंगलबार अपरान्ह स्वदेश फिर्ता भएकी छन् ।
राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. अब्दुल मोमेन, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।