ओली सरकार रहुन्जेल संसदको अपमान हुने गगन थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेस सांसद गगनकुमार थापाले ओली सरकारले रहुन्जेलसम्म संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जाने बताएका छन्। थापाले मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद थापाले यस्तो बताएका हुन्।

ुसांसद थापाले भने,हामी स्पष्ट छौं,यो सरकार रहुन्जेल संसदको तिरस्कार,अपमान र उपेक्षा गर्ने काम अझै बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ।ु उनले प्रधानमन्त्री केपी ओलीले विभिन्न बहाना बनाएर संसदलाई कामबिहीन बनाएको आरोप लगाए। कहिले प्रश्न छल्न हटात बैठक स्थगित। कहिले पार्टीभित्रको विरोधी तह लगाउने संसद भंग। अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सहि थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च,उनले भने।

उनले विधेयक अधिवेसनमा कांग्रेस काम गर्ने तयार रहेपनि ओलीले संसद नै कामबिहीन बनाएपछि यसको विरुद्धमा डठेर लठ्नुको विकल्प नभएको बताए। एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्री ओलीले संसदलाई एउटा विधेयक नदिएर कामबिहीन बनाएको उनको आरोप छ।

ओली सरकारले गरेका गतिविधिको जिम्मा नेपाली जनताले लिने बताउँदै कांग्रेस नेता थापाले यसको हिसाबकिताब पनि जनताले नै गर्ने बताए। प्रतिनिधिसभा भंग गर्दा सांसदको नभइ जनताको अपमान भएको भन्दै उनले जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने बताए ।

संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन, उनले भने,यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ ।

 

adb bank long