उहाँले सर्कुलर गर्नुभएको पत्रमा यस कार्यका लागि स्थानिय निकाय, अस्पताल, स्वासथ्य संस्था, तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न समेत औल्याउनुभएको छ । साथै क्वारेन्टाईन आदेश, २०७७ बमोजिमका वयवस्था समेत लागु गरि रोगका निगरानीलाई चुस्त दुरुस्त राख्न र पिसिआरु परिक्षण गर्न समेत निर्देशन दिनुभएको छ ।
आईतबारै जारी गरेको विज्ञप्तीमा पनि केही हप्ता देखि छिमेकी देशहरुमा कोभिड १९ को संक्रमण बढ्दोक्रममा देखिएको छ । नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार बैंठक, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नु हुन र सामाजिक, भौतिक दुरी कायम गरि मास्को अनिवार्य र चित प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।
विगतमा जस्तै साबुन पानीले हात हुने वा सेनिटाईजरको प्रयोग लगायतका मापदण्ड पालना गरि कोरोना संक्रम रोकथाममा सहयोग गर्न डा. गौतमले अनुरोध गर्नुभएको छ । तर देशकै प्रमुख जिम्मेवारी सम्हालेका सरकार प्रमुख, नेतागणहरुनै पछिल्लो समय सडक आन्दोलन, भेला, बैठक, सेमिनार जस्ता कार्यहरु गर्नेमा अब्बल देखिएका छन् ।नेपाल समाचारपत्रबाट