एमाले जुटाउनभन्दा फुटाउनमै ब्यस्त माधव- झलनाथ पक्ष, आज फेरी महिला भेला गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई जसरी हुन्छ एक ढिक्का बनाउन पहल गरिरहेका बेला अर्को पक्ष भने एमाले फुटाउने खेलमा तीब्र गतिले अगाडी बढिरहेको छ । यसमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले अग्रणी भूमिका निर्वाह गरिरहेका छन् । आजदेखि यो समूहले समानान्तर भेला सुरू गर्ने भएको हो । दुई दिने राष्ट्रिय कार्यकर्ता भेला पछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको छ ।

यो समूहले आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाएको छ । कालीमाटी ब्यांक्वेटमा एघार बजे सुरु हुने भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।

देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको यो समूहको भोलि युवा संघको भेला गर्दैछ । १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ ।

 

adb bank long