nepal telicom

सकेसम्म ‘बाइपास’ नगर्ने प्रधानमन्त्री ओलीको नीति, माधव र झलनाथ पनि संसदीय बोर्डमा

स्वास्थ्य सूचना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म कसैलाई ‘बाइपास’ नगर्ने नीति अख्तियार गरेका छन् । छुट्टै गुटगत भेलामा रमाईरहेको माधवकुमार नेपाल र झलनाथ खनाललाई स्पेश दिएर उनले यस्तो सन्देश दिएका हुन । आज बसेको संसदीय दलको बैठकमा संसदीय बोर्ड गठन गरेको थियो । जसमा नेपाल र खनाललाई पनि मनोनीत गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

बोर्डको प्रमुखमा दलका नेता ओली रहेकाखछन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत भएका छन् ।

दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन सदस्य रहने व्यवस्था रहेको सांसद शेरबहादुर तामाङले बताए ।
त्यस्तै बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन् ।

adb bank long