माधव -झलनाथ पक्षलाई नेकपा एमालेले स्पष्टीकरण सोध्ने यस्तो छ तयारी, आत्मआलोचना नगरे कारबाही हुने

Telecom

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने भएका छन् । प्रधानमन्त्री ओलीको आह्वानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको वैठकले यस्तो निर्णय गरेको हो ।

दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान समेत गरेको छ ।

बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् । दलको बैठकले आत्मालोचनासहित फर्किन आग्रह गरेको छ । यस्तै वैठकले विधान संसोधन गर्नको लागि संसदीय बोर्ड समेत बनाएको छ । बोर्डमा २७ जना सांसद रहनेछन् । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको हो ।

विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेका छन् ।

adb bank long