किन बोलाए माधव -झलनाथ पक्षले संसदहरुको छुट्टै भेला ?, मुख्य नेताबाहेक अन्य सांसद वालुवाटारमा

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएपछि माधव नेपाल र झलनाथ खनालपक्षले पनि आफ्नो सांसदहरुको भेला राखेका छन् ।

पार्टी विभाजनको अन्तिम तयारीका साथ लागिरहेको माधव -झलनाथ समूहले सांसदहरुको भेला बोलाएपछि एमालेभित्र सन्नाटा छाएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलको नेताले बोलाएको बैठकमा सहभागी नभई छुट्टै गुटको रुपमा आफूहरुलाई स्थापित गराउन लागकोे यो समूहले बोलाएपछि एमालेभित्र सन्नाटा छाएको हो ।
ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आज बिहान १० बजे आफूनिकट सांसदहरूलाई उपस्थित हुन उक्त समूहले भनेको थियो। जसअनुसार माधव- झलनाथ पक्षका सांसदहरु त्यहाँ उपस्थित भएका हुन । यता प्रधानमन्त्री ओलीले बालुवाटारमा ११ बजे बोलाएको बैठक बस्दैछ।

बुधबारदेखि झलनाथ(माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ। आज पनि भेला छ। आफूहरूले भेला गर्ने समयमै पारेर अध्यक्ष ओलीले सल्लाहविनै संसदीय दलको बैठक राखेको भन्दै उपस्थित नहुने उनीहरूले बताउँदै आएका छन्। तथापी मुख्य नेताबाहेक संसदीय दलको वैठकमा सहभागी हुन माधव- झलनाथ पक्षका सांसदहरु अहिले बालुवाटार पुगेका छन् । उनीहरु पर्ख र हेरको अवस्थालाई मध्यनजर गर्दै संसदीय दलको वैठकमा सहभागी भएका हुन ।

 

 

adb bank long