nepal telicom

प्रचण्डले सिन्धुलीबाट फर्केपछि के गर्लान ?

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष रिफ्रेस हुनका लागि हिजो सिन्धुली गएका छन् । उनी पत्नी सितासहित हिजो पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको घरमा गएका हुन । प्रचण्ड गजुरेलको घरमा २५ वर्षपछि गएका हुन ।

राजनीतिक वृत्तमा प्रचण्ड रिफ्रेसको लागि उता गएको भनिएपनि केही नयाँ तरंग उत्पन्न गराउनको लागि उपत्यका छोडेको चर्चा चल्ने गरेको छ । यसअघि पनि प्रचण्ड रिफ्रेसको लागि भन्दै बाहिर गएपछि केही न केही राजनीतिक घटनाक्रम हुने देखिएको हो । त्यहाँ प्रचण्ड पुगेको चाल पाएपछि पार्टीका कार्यकर्ताहरुको घुइचो लागेको छ ।

उनले केही समय आफ्ना कार्यकर्तालाई भेटेर आफ्नो काममा लाग्न लागेको बताईन्छ । सरकार परिवर्तनका लागि विभिन्न पार्टीसँग छलफल चलाईरहेका प्रचण्डले त्यहाँबाट फर्केपछि के हुने हो त्योचाहि हेर्न बाँकी छ ।

adb bank long