संस्थापनपक्षले कारबाही गर्ने भनेपनि राष्ट्रिय भेला गर्दै खनाल नेपाल पक्ष

Telecom

काठमाडौ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल( माधव कुमार नेपाल समूहले बुधबारदेखि दुई दिने राष्ट्रिय भेला गर्दैछ । ललितपुरको एक होटेलमा हुने भेलाका लागि देशभरबाट २ हजार बढी नेता कार्यकर्ता सहभागी रहने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

भट्टराईले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरेका छन् ।

भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्ने बताईएको छ । संस्थापनले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको पद खारेज गर्नुका साथै विभिन्न स्थानमा जिम्मेवारी समेत तोकेपछि नेपाल(खनाल समूह रुष्ट बनेको हो । प्रतिनिधिसभा विघटनयता नै प्रचण्डसँग मोर्चाबन्दी गरेको नेपाल समूह सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले ब्युँतेपछिमात्रै एमालेमा फर्किएको हो । खनाल(नेपाल समूहले पार्टी विधानविपरीत ओली अघि बढेर पार्टीलाई विभाजनतिर लगेको आरोप लगाउँदै आएको छ ।
यसैबीच खनाल(नेपाल समूहले राष्ट्रिय भेला बोलाएपछि संस्थापन पक्षले पार्टीको तर्फबाट त्यस्तो कुनै भेला नबोलाइएको स्पष्ट पारेको छ ।

महासचिव ईश्वर पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट चैत ४ र ५ गतेका लागि कुनै भेला आह्वान नभएको र प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

adb bank long