काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आव्हान गरेकी छन् । मंगलबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सर्वदलीय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको पनि राष्ट्रपति कार्यालयले बताएको छ ।