काठमाडौं। संसद पुर्नस्थापनापछि सत्ता समिकरणको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) दौडधुपमा लागिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो सत्ता टिकाउनको लागि छलफललाई तिब्रता दिएका छन् ।
त्यसैकै लागि आज प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेताहरुलाई आज साँझ छलफल गर्नका लागि आफ्नो निवास वालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच बेलुकी साढे पाँच बजे छलफल हुन लागेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री भेट्न जसपाका शीर्ष पाँच नेता बालुवाटार जाने भएका हुन् ।
भावी सत्ता सहकार्यका लागि छलफल गर्न नेकपा एमाले र जसपा नेताहरु रहेको कार्यदल समेत बनाएको छ।