किन भेटे प्रचण्ड -नेपाल समूहले सभामुख सापकोटालाई ?

काठमाडौ । संसद पुनस्थापनापछि बस्न लागेको संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटालाई नेकपामा पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार नेपालले भेट गरेका छन् ।

सभामुख सापकोटालाई भेट्न सभामुखको कार्यकक्षामा दाहाल नेपाल पुगेका थिए । उनीहरुबीच करिब आधा घण्टा छलफल चलेको थियो । छलफलमा के कुरा भयो भन्नेबारे भने जानकारी दिइएको छैन । संसद पुनःस्थापनापछि आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ ।

अपराह्न ४ बजे बस्ने भनिएको बैठकअघि प्रचण्ड–नेपाल र सभामुखबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । तथापी संसद सचिवालयलाई सभामुख सापकोटाले संसद वैठकलाई लामो समय नचलाउने गरी निर्देशन जारी गरेका छन् ।

संसद सचिवालयको अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।

यससँगै, आज प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको समेत हल्ला चलेको छ । जस कारण
आजको बैठकमा प्रचण्ड(नेपाल समूह र ओली समूह एकआपसमा भिड्ने मनस्थितीमा रहेपछि वैठकलाई छोटो बनाउन लागिएको हो ।

adb bank long