काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर मात्र सकिने भएको छ । सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने तयारी संसद सचिवालयले गरेको छ ।
नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची नराख्न निर्देशन दिएका हुन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सभामुख अग्निप्रसाद सापकोटाले संसदमा केही गडबडी गरे प्रतिकारमा उत्रिन आफ्ना संसदहरुलाई ह्विप जारी गरेका थिए ।
मुठभेडको स्थिति आउन सक्ने भन्दै सभामुखले संसदको अन्य गतिविधिलाई थाती राखी चिठी पढ्ने र शोक प्रस्ताव पारित गर्ने गरी तयारी गर्न संसद सचिवालयलाई निर्देशन दिएको बुझिएको छ ।