काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल(प्रचण्ड) समूहले प्रत्येक सांसदलाई पाँच करोड दिने प्रलोभन दिदै पाँच सांसदलाई बन्धक नै बनाई राखेको समाचार सार्वजनिक भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरी संसद बैठक बस्ने तयारी भईरहँदा प्रचण्ड–माधव समुहले नेकपाका सांसदलाई करोडौं अफर दिएर केही दिनदेखि बडिगार्डसहित होटलमा राखेको तथ्य खुलेको सार्वजनिक भएको हो ।
स्रोतका अनुसार आफूहरुतिर नरहने निश्चित भएपछि प्रचण्ड–माधव समुहका सांसद झपट रावल नेतृत्वको टीमलाई जिम्मा लगाएर प्रतिनिधिसभाका पाँच सांसदलाई होटलमा बन्धक जस्तै बनाएर राखिएको छ । सो समुहले आफ्नो संसदीय दलमा जवर्जस्ती गरेर पुर्याइएका पाँच जना सांसदलाई शुक्रवार साँझसम्म बबरमहलस्थित एक होटलमा राखेको र त्यहाँ राखेको सुइको पाएपछि ललितपुरतिर पुर्याइएको स्रोतको दाबी छ । सो होटलमा प्रतिनिधिसभाका सांसद माया ज्ञवाली न्यौपाने, गंगा सत्गौवा चौधरी, चाँद तारा, लक्ष्मी चौधरी र सविना हुसेनलाई शुक्रवार साँझसम्म राखिएको बताइएको ।
सांसदलाई आफ्नो सुरक्षामा राख्ने जिम्मेवारी पाएका प्रचण्ड–माधव समुहका नेता तथा सांसद झपट रावलले यस बिषयमा आफूलाई जानकारी नभएको बताए ।