काठमाडो । आज शनिबार नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठक सकियो। संसदीय दलको बेठकमा केपी ओलीले जब आफ्नो बिचार राख्न थाले त्यसले बैठकमा उपस्थित संसदहरुलाई एक खालको आत्मबल बढायो । त्यस्तो आत्मबल बढाउने काम प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा कम्फर्ट हुने खालको सांसदहरु रहेको जिकिर गरेका कारण भएको हो ।
आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन समेत दिएका छन्।
उनले सांसदहरू नआत्तिन पनि सुझाए।यसरी दलको नेता मात्र नभई देशकै प्रमुख कार्यकारीले ढाडस बढाएपछि सांसदहरुमा थप उर्जा थपिएको छ ।
‘बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने हामी आत्तिनु पर्ने केही छैन। संसद चल्छ। हामी मजाले अगाडि बढ्न सक्छौं। हामी ढुक्क अवस्थामा छौं’, ।
आफूहरूको संख्या पनि बढ्दै जाने उनले बताए।‘आज ११५ छौं। भोलि १२० हुन्छौं’, हाम्रो संख्या बढ्दै जान्छ’, उनले भने।ओलीले संसदीय दलको बैठकमा टसको मस भएनन् । बरु आफूहरुको पक्षमा संसदहरु थपिने क्रम जारी रहेको जिकिर गरे । ओलीले संसदीय दलको बैठकमा टसको मस भएनन् । बरु आफूहरुको पक्षमा संसदहरु थपिने क्रम जारी रहेको जिकिर गरे ।
बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहको दाबी छ। यद्यपि बालुवाटारभित्र कुनै पत्रकारलाई छिर्न दिइएको थिएन।
यसका साथै, प्रधानमन्त्रीले संसदमा दृढताका साथ अगाडि बढ्न निर्देशन दिएको बैठकमा सहभागी एक सांसदले कोसेलीखबरलाई बताए ।
‘अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत गर्दैनन्। जो बाहिर हुनुहुन्छ, उहाँहरू पनि फर्कनुहुन्छ। नेकपा विभाजन हुन कठिन छ,’ती सांसदले भने।
बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन्। उनीहरू प्रचण्ड(नेपाल समूहको संसदीय दलको बैठकमा पनि सहभागी थिएनन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। पुष्पकमल दाहाल(प्रचण्ड) र अर्का नेता माधवकुमार नेपाल पक्षले यो कुरा सुइको पाएपछि भने आफ्नो पक्षमा कतै पहिरो त गएको होईन भन्दै रोईलो गर्न थालेका छन् ।
प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।
आइतबार संसद बैठक बस्दैछ ।