विप्लवको ऐतिहासिक अवतरण, शान्ति र समृद्धिमा नेपालले फड्को मार्न सक्ने सुनौलो अवसर

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाली राजनीतिलाई २००७ सानदेखि अहिलेसम्म हेर्दा केही न केही राजनीतक घटनाक्रमले उग्रता लिएको देख्न सकिन्छ । नेपाली राजनीतिमा सबैभन्दा ठूलो प्रभाव दश बर्षे जनयुद्धले पारेको देखिन्छ ।

तत्कालिन विद्रोही मोओवादीले संचालन गरेको शसस्त्र जनयुद्धका कारण नेपाली जनता सबैभन्दा बढी आक्रान्त पारेको थियो । त्यो बेलाकोे युद्धको सचित्र अहिलेपनि नेपाली समाजमा देखिएको छ । त्यसबेला कतिजना बेपत्ता भए भने कतिले अनाहकमा ज्यान गुमाए ।

त्यो कहालीलाग्दो नेपाली समाज फेरी पनि नेत्रबिक्रम चन्द(विप्लव) जंगल पसेपछि फेरी नेपाली जनताले नराम्रारी दुःख पाउने हो कि भन्ने आशंका जन्माएको थियो र केहीले ज्यान पनि गुमाए । यसरी नेपाली राजनीतिमा एक भुईचालो जानै लागेको बेला विप्लवले सरकारसँग तीनबुँदे सहमति गर्दे शान्तिकामी जनताको मनमा नयाँ उत्साह थप्ने काम गरेका छन् । त्यसले विप्लवलाई सबैले नमन गर्नेछन् भन्दा अन्यथा नहोला ।

किनभने दशबर्षे जनयुद्धको विध्वंशले नेपाली जनता आक्रान्त थिए । विप्लवले पनि त्यस्तै गर्ने पो हुन कि भन्ने आशंका आम जनतामा उब्जनु नौलो कुरा थिएन ।

जसरी विप्लवले आफ्नो रणानीतिलाई बदलेर नेपाली कम्युनिष्ट आन्दोलनलाई अहिंसामार्फत नै बढाउने र देश विकासलाई बढावा दिने एकताका क्रममा जुन खालको अभिव्यक्ति व्यक्त गरेका छन् । यस मानेमा पनि विप्लव एउटा अब्बल नेताको रुपमा उदाएको कुरा स्पष्ट देख्न सकिन्छ ।
यसरी आफ्नो सपना पनि देशलाई अग्रगामी दिशातिर लैजानु रहेको कुरा बताईरहँदा अब फेरी हिंसाको माध्यमबाट क्रान्ति पूरा गर्न लाग्नेहरुका लागि विप्लवले उदारहणको रुपमा आफैलाई कतिको साबित गराउने हुन त्यो चाही हेर्न बाँकी ।

तथापी नेपाललाई विकासको गतिमा दौडाउनको लागि मिसन र भिजन आवश्यक देखिन्छ । त्यस्तो कार्यमा लागे देशको विकासलाई अगाडी बढाउन सकिन्छ ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long