काठमाडौ । प्रधानमन्त्री केपी शमा ओली नेत्रविक्रम चन्द(विप्लव)सँग तीनबुँदे सहमतिमा हस्ताक्षर गर्नासाथ हिजो शुक्रबार साँझ नेकपाका अर्का नेता बामदेव गौतमलाई भेट्न भैसीपाटीस्तिथत गौतम निवास प्गे । यसले नेपाली राजनीतिमा फेरी तरंग उत्पन्न गराईरहेको छ । यसअघि पनि गौतमलाई भेट्न प्रधानमन्त्री ओली गौतम निवास भैसीपाटी गएका थिए ।
पार्टीभित्र पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले दल विभाजनको लागि तयारी गरिरहँदा ओलीको सकृयतालाई राजनीतिक विष्लेषकहरुले महत्वपूर्ण अर्थले हेर्न थालेका छन् । यसभन्दा अघि प्रचण्डले पार्टी विभाजनको लागि रिर्हसल गर्दै गर्दा ओलीले गौतलाई भेटेका थिए ।
अहिले प्रचण्ड नेपाल पक्षले संसदीय दलको नेतामा प्रचण्डलाई चुनेको छ भने निर्वाचन आयोगलाई पनि आफूहरु नेतृत्वको दललाई मान्यता दिनुपर्ने बताउँदै पत्राचार गरिरहेको छ । यस्तो अवस्थामा छुट्टै मोर्चा खडा गरेर लागिरहेका गौतमलाई भेट्नु एक हिसाबले अर्थपूर्ण पनि देखिन्छ ।
तथापी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने गौतम घरभित्रै लडेर सामान्य चोटपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्न गएको जानकारी दिएका छन्। शुक्रबारमात्रै प्रचण्ड–माधव पक्षले ओलीलाई दलको नेताबाट हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको छ। तर एकता अभियानमा लागेका गौतमलाई नेता ओलीले यसबेला भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसरी गौतलाई ओलीले भेटेपछि नेपाली राजनीतिमा कतै नयाँ कार्ष त अगाडी बढ्दै छैन भन्ने आशंका समेत उत्पन्न भएको छ । गौतमसँगको भेटमा प्रधानमन्त्री विकसित राजनीतिक अवस्थाको कुरा गरेको अनुमान लगाउन गाह्रो छैन । तर के के कुरा भयो भन्ने चाही अहिलेसम्म गर्भको विषय भएको छ । यो भेटको बारेृमा जान्न अझै केही दिन कुर्नै पर्ने देखिन्छ ।