मेलम्चीको पानी काठमाडौ ल्याईदै, काठमाडौबासीको मेलम्चीको पानी खाने सपना साकार हुँदै

काठमाडौ । बहुप्रतिक्षित मेलम्चीको पानी अब काठमाडौबासीहरुले छिट्टै उपभोग गर्न पाउने भएको छ । मेलम्चीको पानीलाई आज सुन्दरीजलमा झार्ने कार्यक्रम रहेको छ । मेलम्ची खानेपानी आयोजनानको शुरुङबाट सुन्दरीजलमा झार्ने भएको हो । त्यहाँ आएपछि त्यसको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।

अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आयोजनाले जनाएको छ ।

यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौमा मेलम्चीको पानी उपलब्ध गराउने सरकारको योजना रहेको छ ।

adb bank long