प्रधानमन्त्री ओलीलाई राजिनामा दिन प्रचण्ड पक्षको दबाब, राजिनामा नदिए अविश्वासको प्रस्ताबबाटै हटाउने कडा चेतावनी

Telecom

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल(प्रचण्ड) र माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन दबाब दिएका छन् । आज सो पक्षले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गर्दै प्रधानमन्त्री ओलीलाई राजिनामा दिन दबाब दिएका हुन ।उनलाई दोस्रोपटक संसदीय दलको नेतामा चयन गरेको प्रचण्ड पक्षीय नेकपाले बताएको छ ।

संसदीय दलको नेतामा चयन भएपछि प्रचण्डले आफू दलको नेता भइसकेको र आधिकारिक पार्टीसमेत आफ्नो समूह भएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन अनुरोध गरेका छन्। उनले ओलीले राजीनामा गरे देशका लागि सहज हुने बताए। ओलीले राजीनामा नदिए संवैधानिक प्रक्रिया अनुसार उनलाई हटाउने उनको भनाइ छ।

‘अबिलम्ब राजीनामा दिनु उहाँ (प्रधानमन्त्री ओली) को लागि र देशका लागि पनि सहज हुन्छ’, प्रचण्डले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै भने, ‘अब उहाँले राजनीनामा दिनु भएन भने हामी संविधान, नियम, कानुन र प्रक्रिया अनुसार संसदबाट नै समाधान खोज्छौँ ।

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन्।

पुस ५ गते ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन आदेश दिएको थियो । सोही आदेश अनुसार २३ गते प्रतिनिधिसभाको बैठक बस्दै छ ।

यसरी संसद बैठक बस्ने भएपछि प्रचण्ड पक्षले प्रधानमन्त्री ओलीलाई संसदीय अभ्यासबाटै हटाउने कडा चेतावनी दएिका हुन । तर यता प्रधानमन्त्री ओली भने टसको मस भएका छैनन् । उनले जस्तो चुनौति आए पनि सामना गर्ने सार्वजनिक रुमै अभिव्यक्ति दिदै आएका छन् ।

 

adb bank long