विश्वका यी परिकार, जसलाई युनेस्कोले सम्पदाको सूचीमा राखेको छ

दक्षिण कोरियाको किमजाङ, उत्तर कोरियाको खिम्ची र बेल्जियमको बियर युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत छन् । यतिमात्रै होइन, विश्वका कतिपय खानाहरू यस्ता पनि छन् जुन हामीलाई सामान्य लाग्ने भए पनि लामो सांस्कृतिक विरासतका कारण यस्ता खानाहरूले विश्वमा सांस्कृतिक महत्व कायम गरिसकेका छन् ।

युनेस्को संयुक्त राष्ट्रसंघको एउटा सांस्कृतिक धरोहरहरूको संरक्षणको लागि खुलेको एउटा निकाय हो । मूर्त र अमूर्त सम्पदाको रूपमा विभाजन गरेर संरक्षणको खाका तयार पार्ने युनेस्कोले विश्वका विभिन्न देशहरूका संस्कृतिसँग जोडिएका खाद्य एवं पेय पदार्थलाई सांस्कृतिक महत्व देखाएर अमूर्त सम्पदाको सूचीमा सूचीकृत गरेको हो । निम्न देशका परिकारहरू युनेस्कोको सम्पदा सूचीमा सूचीकृत हुने गरेका छन् ।

लाभास, आर्मेनिया

आर्मेनियाली परिकार लाभासले देशको खाद्य संस्कृति र सामाजिक जीवनमा विशेष महत्व राख्छ । लाभाश पकाउने सिप र समन्वयको साथसाथै यसको सांस्कृतिक महत्वका कारण महत्वपूर्ण मानिन्छ ।  लाभास  गहुँको पीठो र पानीको एक साधारण मिश्रणबाट बनाउने परिकार हो । नेपाली जनजीवनमा रोटी जस्तै देखिने यो परिकार रोटीभन्दा केही भिन्दै छ ।

यसलाई पिठो मुछेर घाँस वा उनले भरिएको भाँडोमा त्यसलाई गोलो बनाउने र रोटी बनाउँदा जस्तै त्यसलाई बेल्‍ने गरिन्छ । त्यसलाई माटोको ओदानमा राखेर पकाउने गरिन्छ । यसमा ३० देखि ६० सेकेण्डसम्म पकाएपछि यो परिकार तयार हुन्छ । लाभास आर्मेनियालीको विवाहको लागि अनिवार्य परिकार हो । लाभासले टाउकोमा नढाकेसम्म आर्मेनियाली वरवधुको विवाह नै सम्पन्न नहुने त्यहाँको संस्कृति छ ।

adb bank long