वाग्मती सफाइ अभियान पशुपति क्षेत्रमा केन्द्रित

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

२० फागुन, काठमाडौं । यही फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ ।

महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले शिवरात्रिअघि र पछिका दुई शनिबार सफाइलाई पशुपति क्षेत्रमा केन्दि्रत गर्न लागिएको हो ।

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने गर्दछन् । त्यसैले पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटको बाँधसम्म सफाइ गर्ने गरी कार्यक्रम तय गरिएको बागमती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले बताए ।

वि.सं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान सात वर्षदेखि जारी छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long