nepal telicom

५७०६ जनाको परीक्षणमा ७८२ जनामा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

३ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९३१७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७६५ रहेको छ ।

adb bank long